विविध कार्यक्रको साथ गोरखा क्याम्पस गोरखाको ४८औ वार्षिक उत्सव सम्पन्न भएको छ । क्याम्पस प्रमुख श्री नवराज पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नीति अनुसन्धान प्रतिष्ठान नेपालका अध्यक्ष , पुर्ब क्याम्पस प्रमुख प्रा डा लेखनाथ शर्मा हुनुहुन्थ्यो । उक्त कार्यक्रम सहायक क्याम्पस प्रमुख श्री सन्जय अधिकारीले सञ्चाल गर्नुभएको थियो भने सहायक क्याम्पस प्रमुख श्री वासुवावु खत्रिले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमा विद्यार्थीहरुले स्वागत नृत्यको साथसाथै अन्य नृत्यहरु प्रस्तुत गरेका थिए भने क्याम्पका विद्यार्थी संघ संगठनका प्रतिनिधि तथा अन्य बिशेष अतिथिहरुले कार्यक्रमो सफलताको शुभकामना मन्तव्य राख्नुभएको थियो । वार्षिक उत्सवको अवसरमा आयोजित मा बि स्तरिय नृत्य प्रतियोगितामा १० वटा विद्यालयको सहभागीता रहेको थियो उक्त प्रतियोगितामा महालक्ष्मी मा बि प्रथम, द वल्ड क्यापिटल मा बि दितिय साथै जेनियस बोडिङ स्कुल तृतीय स्थान हसिल गर्न सफल भएका थिए ।क्याम्पसको वार्षिक उत्सवको अवसरमा उत्कृष्ट प्राध्यापक तर्फ इन्द्रकुमारी देबकोटा तथा उत्कृष्ट कर्मचारी तर्फ अर्जुन बस्नेतलाई प्रमाणपत्र सहित दोसल्ला ओढायर सम्मान गरिएको थियो । क्याम्पसको तहगत उत्कृष्ट १० जना बिद्यार्थीहरु , नियमित तथा अनुसाशित बिद्यार्थीहरुलाइ नगद सहित प्रमाण पत्र प्रदान गरिएको थियो भने शम्भु स्मृति प्रतिष्ठान द्वारा स्नातक दोश्रो वर्षमा अध्ययनरत विद्यार्थी सुरज विश्वकर्मालाई नगद पुरस्कार प्रदान गरिएको थियो ।


