पुस्तक विमाेचन कार्यक्रम सम्पन्न

पुस्तक विमाेचन कार्यक्रम सम्पन्न

2025-07-20 / 2025-07-20T23:59:00
गाेरखा क्याम्पस
Santosh Shrestha

गोरखा क्याम्पस, गोरखाको नेपाली भाषा शिक्षा विभागका विभागीय सदस्य उप प्रा श्री इन्द्र कुमारी देवकोटा वस्नेतको भाषा, भाषा शिक्षण र भाषा शिक्षकको पेशागत उन्नयन नामक पुस्तक विमोचन कार्यक्रम सम्पन्न भएको छ । नेपाली भाषा शिक्षा विभागको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा विभागका विभागीय प्रमुख श्री ठाकुर प्रसाद खनालको अध्यक्षता ताथा क्याम्पस प्रमुख श्री नवराज पाण्डेको प्रमुख अतिथि रहनुभएको थियो । पुस्तकको वारेमा विभगका सदस्य श्री गोपाल वावु मरहट्टाले टिप्पणी गर्नुभएको थियो भने स्व. वि.यु. उप सभापति श्री उमेश खनाल, शिक्षक श्री यादव प्रसाद शर्मा, कर्मचारी संघका सह सचिव श्री रेनु श्रेष्ठ, प्राध्यापक संघका सभापति श्री रमेश अधिकारी एवं पुर्व क्याम्पस प्रमुख श्री रामशरण वानियाँले शुभकामना तथा वधाई मन्तव्य राख्नुभएको थियो