१७ औँ पुस्तकालय दिवसको अवसरमा गोरखा क्याम्पसमा सरसफाई कार्यक्रम सम्पन्न

१७ औँ पुस्तकालय दिवसको अवसरमा गोरखा क्याम्पसमा सरसफाई कार्यक्रम सम्पन्न

2024-08-31 / 2024-09-16T23:59:00
गाेरखा क्याम्पस
Santosh Shrestha

१७ औँ पुस्तकालय दिवसकोअवरसमा शुक्रवार गोरखा क्याम्पस, गोरखामा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । निरन्तर शिक्षाका लागि पुस्तकालय भन्ने मूल नाराका साथ पुस्तकालय बिकास तथा व्यवस्थापन समितिका संयोजक एवं सहायक क्याम्पस प्रमुख बासु बाबु खत्रीको अध्यक्षता  तथा क्याम्पस प्रमुख नवराज पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पुस्तकालय विकास तथा व्यवस्थापन समितिका सदस्य सुशिल अर्यालले स्वागत मन्तव्य राखेका थिए । उक्त कार्यक्रममा स्व .वि .यु सहायक सचिव रचन परियार, त्रि.वि प्राध्यापक संघ गोरखा क्याम्पस इकाइका सभापति रमेश अधिकारी र त्रि.वि कर्मचारी संघ गोरखा क्याम्पस इकाइका सभापति रामचन्द्र कोइरालाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।