विदाई कायक्रम सम्पन्न

विदाई कायक्रम सम्पन्न

2025-01-13 / 2025-02-12T23:59:00
गाेरखा क्याम्पस
Santosh Shrestha

गोरखा क्याम्पस, गोरखामा शाखा अधिकृत पदमा कार्यरत श्री तोरण बहादुर खड्काको विदाई कार्यक्रम मिति २०८१/०९/२९ गते सम्पन्न भएको छ । क्याम्पस प्रमुख श्री नवराज पाण्डेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सहायक क्याम्पस प्रमुख श्री वासु वावु खत्रीले स्वागत मन्तव्य राख्नुभएको थियो भने  स्व. वि. यु. सहयक सचिव श्री रचन परियार, कर्मचारी संघका क्याम्पस इकाई सभापति श्री रामचन्द्र कोइराला र प्राध्यापक संघ इकाई समितिका उप –सभापति श्री विदुर वाँनियाले विदाइ मन्तव्य राख्नुभएको थियो भने त्यस्तै गरेर विदाई भएर जानलाग्नु भएका श्री तोरण बहादुर खड्काले क्याम्पसमा कार्यरत रहँदाको अनुभवहरु राख्नुभएको थियो ।