विविध कार्यक्रकासाथ मिति २०८१/०५/०१ गते गोरखा क्याम्पस, गोरखाको ४७ औ वार्षिकोत्सव सम्पन्न ।

विविध कार्यक्रकासाथ मिति २०८१/०५/०१ गते गोरखा क्याम्पस, गोरखाको ४७ औ वार्षिकोत्सव सम्पन्न ।

2024-08-18 / 2024-08-17T23:59:00
गाेरखा क्याम्पस
Santosh Shrestha

विविध कार्यक्रमकासाथ मिति २०८१/०५/१ गते गोरखा क्याम्पस, गोरखाको ४७ औ वार्षिकोत्सव सम्पन्न भएको छ । क्याम्पस प्रमुख श्री नवराज पाण्डेको अध्यक्षतामा, जिल्ला समन्वय समितिका अध्यक्ष श्री मोहन बहादुर थापा मगर प्रमुख अतिथितथा गोरखा नगरपालिका नगर प्रमुख श्री कृष्ण बहादुर राना विशिष्ट अतिथि रहेको कार्यक्रममा क्याम्पसका विद्यार्थी संघ संगठन,स्व. वि. य.ू, कर्मचारी संघका सभापति, प्राध्यापक संघका सभापति,विभिन्न राजनैतिक दलका प्रतिनिधि तथा अध्यक्ष, संघ संस्थाका प्रमुख तथा विद्यालयका प्रधानाध्यापकहरुले कार्यक्रमको सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरु, कर्मचारी तथा शिक्षक सम्मानित भएका थिए ।

May be an image of 6 people, temple, dais and text